धार्मिक वातावरण निर्माण तथा पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीमा पहिलो पटक त्रिपिटक वाचन सुरू गरिएको छ।
लुम्बिनीमा पहिलो पटक अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्धिष्ट सोसाइटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा त्रिपिटक वाचन आयोजना गरिएको हो। त्रिपिटक वाचनमा १३ देशका करिब पाँच सय भिक्षु सहभागी छन्।
त्रिपिटक वाचनअघि लुम्बिनीस्थित शान्तिदीपबाट त्रिपिटक सहितका शान्ति र्याली निकालिएको थियो। त्रिपिटक ग्रन्थलाई डोलीमा चढाई मायादेवी मन्दिर परिक्रमा गराइएको थियो।
त्रिपिटक बौद्ध धर्मको मुख्य धर्मग्रन्थ हो। त्रिपिटक वाचनमा नेपालसहित भारत, चीन, थाइल्याण्ड, लाहोस्, बर्मा, श्रीलंका, जापान, कम्बोडिया, कोरियालगायत १३ देशका भिक्षु सहभागी छन्।बुधबार बिहानबाट सुरु भएको त्रिपिटक वाचन शुक्रबार साँझसम्म चल्ने छ।