धनुषाको बटेश्वर गाउँपालिकामा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हातेमालो नेपाल र ब्लड फर नेपालको संयुक्त आयोजनामा बुधवार सम्पन्न रक्तदान कार्यक्रममा ८० जना युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका छन्।
रक्तदान जिवन दान भएकाले स्वस्फूर्त रुपमा बटेश्वर गाउँपालिकाका यूवाहरुले रक्तदान गरेको हातेमालो नेपालका सचिव सरोज कुमार महतोले बताए । कार्यक्रममा निःशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो।
जेनरल फिजिन डा. रामेश्वर महासेठको टोलीले गरेको स्वास्थय परिक्षणबाट झण्डै १५० जना महिला, पुरुष तथा बृद्धबृदा लाभाम्वित भएका छन्।