बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ।
बूढीगंगाबाट मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप बल्देमा दुर्घटना हुँदा चालक त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउदकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए।
दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख भाटले बताए। दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउद र कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पुर्याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको थियो। जीप सडकभन्दा करीब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ।