प्रदेश नं ५ मा दशैँ, तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाको ज्यान गएको छ।
प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार दुर्घटनामा परी ६६२ घाइते भएका छन्।
सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन्। सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका रहेका छन् । त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ।