सामाजिक सन्जालबाट चिठ्ठा पर्यो भन्दै ठगि गर्ने सातजना गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ। सामाजिक सन्जालबाट ठुुलो धनराषिको चिठ्ठा परेको छ भन्दै सर्वसाधारणलाई रकम जम्मागर्न लगाउने तीन जना भारतीयसहित सात जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार अररिया जिल्ला फारविशगन्जका मनोज ठाकुुर, चन्दनकुुमार भगत, पंकजकुुमार साह तथा मोरङ कटहरी गाउँपालिका खगेन्द्रप्रसाद रौनियार, प्रेमकुुमार सााह, रमेशकुमार साह र जहदा गाउपालिकाका टुुनटुुन साह रहेका छन् ।
उनीहरुले लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएको र उनीहरुले मुुलुुकका विभिन्न स्थानका व्यक्तिबाट साढे १६ लाखभन्दा बढि ठगि गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद तथा मोबाइलसेटहरु बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।