धनुषामा ५ सय दलित तथा जेहेन्दार विद्यार्थीलाई सम्मान सहित स्कुले झोला वितरण गरिएको छ । सबैला नगरपालिका स्थित भठियनमा रामरत्न स्मृति प्रतिष्ठानले विभिन्न विद्यालयबाट छनौट भएका ५ सय जना दलित तथा जेहेन्दार विद्यार्थीलाई सम्मान सहित स्कुले झोला वितरण गरेको हो ।
विद्यालय तथा अध्ययनबाट वञ्चित रहेका छत्र छात्राहरुलाई समेत शिक्षा तर्फ ध्यान आकर्षित गर्न प्रोत्साहनस्वरुप उक्त सम्मान सहित सामाग्री वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । करिब २ दर्जन विद्यालयका दलित तथा जेहेन्दार छात्रालाई सम्मान स्वरुप धनुषाका प्रमुख जिल्ला अधिकारी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र प्रष्ठिानका केन्द्रिय अध्यक्ष अरविन्द महतोले विद्यार्थीलाई स्कुले झोला वितरण सहित सम्मान गरेका छन् ।
झोला वितरण गर्ने क्रममा केन्द्रिय अध्यक्ष अरविन्द महतोले शिक्षा क्षेत्र मा कुनै किसिमको राजनीतिक भावनाको प्रश्रयमा निषेध गर्नु जरुरी रहेको बताए । उनले देशका कर्णधार एवं उज्वल भविष्यको उत्पादन हुने भएकोले राज्य गम्भिररुपमा शिक्षालाई प्राविधिक एवं रोजगारमुलक तर्फ जोड्नु नै वास्तविक शिक्षा रहेको बताए ।
त्यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जेहेन्दार तथा दलित छात्रालाई शिक्षामा प्रोत्साहन दिई देशको विभिन्न महत्वपूर्ण ठाउँमा अवसर पाउनलाई पनि शिक्षा नै आवश्यकता रहेको बताए । उनले शिक्षामा समानरुपमा सबैको पहुँच र सहभागिता हुनुपर्नेमा जोड दिए ।
स्कुले झोला पाउने जेहेन्दार तथा दलित छात्राहरुमा माध्यमिक विद्यालय बरकुर्वाका १९ जना, रामप्रसाद माध्यमिक विद्यालय सबैलाका ८ जना, माध्यमिक विद्यालय बरमझियाका ८ जना, धनुषा जनता माध्यमिक विद्यालय धनुषाधामका ६० जना, मिथिला तिलक नन्द कुमारी कार्की माविका १४ जना, रामजानकी मावि सिमराढीगढीका १६ जना, सरस्वती मावि सबैलाका ९ जना, जगरु साह रामपुकार साह मावि परशुरामका १४ जना, मावि मिथिलेश्वर मौवाहीका २८ जना, राष्ट्रिय मावि वीरेन्द्रबजारका १९ जना, मावि भरतपुर गणेशमान चारनाथ नगरपालिकाका २१ जना, जनता जायसवाल उमावि गोदारका १९ जना, मावि बघचौराका ९ जना, यादव मावि बेल्हीका ९ जना, मावि ललियाका २० जना, जनता मावि कजरारौमलका १६ जना, धनुषा जनता उमाविका ५६ जना, उमावि प्राविधिक तथा व्यवसायीक विद्यालय मुलावारी भिमानका १६ जना र भानु उमावि किसानपुरका २४ जना विद्यार्थीलाई प्रष्ठिानका शाखा अध्यक्ष रामशंकर महतोले वितरण गरेको जानकारी दिए ।