धनुषामा लाखौँ मूल्य बराबरको सुर्ती र लताकपडा प्रहरीले बरामद गरेहो छ । भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउँदै गरेको करिब रु. १३ लाख ४३ हजार मुल्य बराबरको सुर्ती र लता कपडा शस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
ज १ त ६४०५ नम्बरको ट्रयाक्टरमा शुक्रवार राति लोड गरी ल्याउँदै गरेको सुर्ती र लताकपडा हंसपुर नगरपालिका–३ स्थित हंसपुर चोकबाट नियन्त्रणमा लिइएको धनुषाका शस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक मोहन क्षेत्रीले जानकारी दिए ।
प्रहरीको टोलीलाई देख्न साथ ट्रयाक्टर चालक समान छोडी भागेको प्रहरीले जनाएको छ । बरामद भएको १६ सय २० किलो सुर्तीको मुल्य करिब रु. ६ लाख ६१ हजार रहेको उनले जनाए । बरामद भएको ट्रयाक्टर सहित कपडा र सुर्ती जिल्ला भन्सार कार्यालय धनुषामा बुझाउने प्रक्रियामा रहेको प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताए ।
यसअघि गएको जेठ १९ गतेखेखि कार्तिक २७ गतेको अवधिमा शस्त्र प्रहरी नं. ८ गणले रु.४० लाख ४६ हजार ५ सय ७६ मूल्य बराबरको समान भन्सार कार्यालयमा बुझाएको प्रहरी उपरिक्षक क्षेत्रीको भनाइ छ ।