कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।
वाणगंगा नगरपालिका–२ कलौनीचोकमा आइतबार बिहान साढे ६ बजे ना ७ ख ५९२९ नम्बरको ट्रकले ठक्कर दिँदा शीतगंगा नगरपालिका–१४ का १७ वर्षीया शोभा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवी रावलले जानकारी दिए। बिहान पढ्न जान हिँडेकी न्यौपानेलाई ट्रकले ठक्कर दिएको रावलले बताए।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय पिपराले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।