बिना इजाजत मादक पदार्थ बिक्रीबितरण गर्ने होटल तथा व्यापारिक प्रतिष्ठानमा मकवानपुर प्रहरीले कडाई सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले चितवनको सीमावर्ती लोथर बजारबाट एकजना होटल सञ्चालकलाई पक्राउ गरी कारबाही गरेको जनाएको छ ।
मनहरी ६ लोथरबजारमा स्टोन पार्क भिलेज नामको होटलमा अनाधिकृत रक्सी बिक्री गरेको भन्दै प्रहरीले सञ्चालक सुनिल श्रेष्ठलाई आन्तरिक राजश्व विभागमा कारबाहीको लागि पठाएको हो ।
सो क्रममा बरामद भएका कागजातसहित श्रेष्ठलाई आन्तरिक राजश्व विभाग पेस गरिएकोमा ११ हजार ७ सय ५० रुपियाँ जरिबाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।खाजा तथा खानाका लागि अनुमति लिई होटलमा मदिरा बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ ।