सुर्खेत प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो। बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने बताए।