गौतम बुद्धको जन्म स्थल लुम्बिनीलाई साेमबार नगर पंक्षी घोषणा गरिएको छ । एक कार्यक्रमका बिच लोपन्मुख पन्छी सारसलाई नगर पक्षी घोषणा गरिएको हाे । शान्तिका लागि सारस संरक्षण भन्ने नारासहित लुम्बिनी विकास कोषको आयोजनामा पहिलो पटक लुम्बिनीमा आज पक्षी महोत्सव मनाईएको हो ।
महोत्वस कार्यक्रममा लुम्बिनीलाई नगर पक्षी समेत घोषणा समेत गरिएको छ । चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आायेजना गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिब सरोज भट्टराईले जानकारी दिए । महोत्सवमा चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पक्षी अवलोकन कार्यक्रम राखिएको थियो ।
लुम्बिनी घुम्न आउने पाहुना जस्तै पक्षीहरू पनि पाहुनाकै रूपमा आउने भएकाले लुम्बिनी वरिपरिका सिमसार क्षेत्र जोगाउन, पोखरीको संरक्षण गर्न, बासस्थान सुरक्षाका लागि चेतना जागाउन पनि महोत्सवको आयोजना गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले बताए ।
लुम्बिनीमा यो मौषमा करिब २२ प्रजातिका चराहरु पाईने गरेका पन्क्षी बिदहरुले बताएका छन । कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, सारस, भुँडिफोर, घोगीफोर, लोभिपापी भुँडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔँले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडे, पानीचाहा, रातोमुनिया, छिर्केमुनिया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरियाली रुबी, रानीचरी जस्ता चराहरु पाईन गरेको छ ।
साईबेरिया र मंगोलियाको चिसो छल्नको लागि चराहरु हजारौं माईल पार गर्दै लुम्बिनी आउँने गरेको चरा विदले बताएका छन । यो मौषममा चराहरु लुम्बिनीमा आउँने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको समेत सख्या बढ्ने गरेको छ ।