सामाजिक सद्भाव प्रबर्दनकालागि बाकेको नरैनापुरमा मंगलबार बृहत सास्कृतिक उत्सब कार्यक्रम गरिएको छ ।
सामाजिक सद्भाव तथा सामूदायिक सुदृढिकरणको लागि उक्त कार्यक्रम गरीएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा सामाजिक सदभावका लागि स्थानिय रुपमा रहेका विभिन्न समुदायिहरुले आ–आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रममा हिन्दु धर्मको प्रतिनिधित्व गर्दै भजन, थारु जातिको थारुनाच तथा मुस्लिमहरुको मोहरम बाज तथा विभिन्न व्यक्तित्वहरुले सामाजिक सदभाव झल्काउने कविता,नृत्य,नाटक लगाएतको प्रस्तुती गरीएको थियो ।
नरैनापुर गाँउपालिकाका प्रमुख ईस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहियामा सञ्चालन भएको उत्सबमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाँउपालिका प्रमुख शाहले नरैनापुर गाँउपालिका क्षेत्रमा सामाजिक सद्भावका लागि क्रियाशिल रहेको बताए ।
उनले गाँउपालिकामा सामाजिक सद्भाव कायम गर्दै कुनै पनि विवाद आउन नदिने प्रतिबद्धता गरे । नरैनापुर बिकासको लडाईमा लागिपरेको उनको भनाईथियो । कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहियाका अध्यक्ष कृष्ण चन्द्र मौर्यले मटेहियामा सामाजिक सद्भाव कायम रहेको बताए ।
नरैनापुर गाँउपालिकाका ४ सय बढी स्थानियहरुको सहभागिता रहेको सास्कृतीक उत्सबमा महेन्द्र माबि मटेहियाका प्रधानाध्यापक पेशकार सिंह, मुस्लिम धर्मका मौलाना असलम खान, हिन्दु धर्मगुरु रामा नन्द मिश्र लगायतले बोलेका थिए ।
नरैनापुर गाँउपालिकाको सहयोग, युएनडिपी नेपाल र स्थानिय रजा युवा क्लबको समन्वय तथा बासको आयोजनामा सो कार्यक्रममा बास बाँके शाखाका सदस्य मकबुल अहमद मुकेरीले सञ्चालन गरेका थिए भने कार्यक्रममा स्वागत बासका कार्यक्रम संयोजक शम्भु शाहीले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन कार्यक्रममा सभाध्यक्ष बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।