मकवानपुरको राक्सिराङ गाउँपालिका ६ स्थित सिलिंगे सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पाटे चितुवा मृत अबस्थामा फेला परेको छ ।
मृत फेला परेको निगा जातको चितुवाको जिल्ला वन कार्यालय मकवानपुरका प्रतिनिधिलाई हस्तान्तरण गरिएको ६ नं वडा अध्यक्ष सिंगलाल प्रजाले बताए ।
उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहको बैज्ञानिक वन व्यवस्थापन भइरहेको सी वान एस एन क्षेत्रमा काम गर्ने मजदुरहरुले मृत अबस्थामा चितुवा देखेपछि वडा कार्यालय तथा अन्य निकायमा खबर गरेका थिए ।
मकवानपुरको चुरेभावर क्षेत्रमा निगाले चितुवा जातको बाघ भेट्न सकिन्छ । तर के कति कारणले बाघ मर्यो भन्ने यकीन हुन सकेको छैन ।