गाउँपालिकावाट दिइने सेवालाई प्रभावकारी एंव पारदर्शी वनाउन मोरंङको धनपालथान गाउँपालिकाले मोबाइल एप्लिकेशन अर्थात मोबाइल एप्स प्रणाली संचालनमा ल्याएको छ ।
गाउँपालिका वाट दिइने सेवालाई छिटो छरितो र सहज रुपमा पुर्याउन सेवा संचालनमा ल्याइएको हो । मोबाइल एप्सको गाउFपालिकाका अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा वानो तथा गाँउपालिकाका कार्यकारी अधिकृत वावुुराम लुुइटेलले सयुुक्त रुपमा सुुभारम्भ गरे ।
मोबाइल एप्स प्रणालिवाट सेवाग्रहिहरुको गुुनासा सुुझाव सुुन्ने तथा गाँउपालिकाले प्रदानगर्ने सेवा र गरिरहेको कामको वारेमा जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको गाँउपालिका कार्यकारी अधिकृत वावुुराम लुुइटेलले बताए । सो प्रणाली संचालनमा आएपछि जुुनसुुकै स्थानवाटपनि गाउँपालिकाले गरिरहेको कामको वारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
सो प्रणालीमा आपतकालिन अवस्थामा चाहिने माेबाइल नम्वर तथा गाँउपालिकाको महत्वपुुर्ण स्थलवारे जानकारी लिन सकिने कार्यकारी अधिकृतले बताए। गाँउपालिकाका अध्यक्ष हरिलाल सिंहले गाँउपालिकाको सेवालाई डिजिटल प्रणालीमा लैजाने माेबाइल एप्स संचालनमा ल्याएको वताए ।
सो गाँउपालिकाले यस अघि गाँउपालिकामा रहेका सरकारी कार्यालयहरुमा विधुतिय हाजिरि प्रणाली समेत संचालनमा ल्याएको छ । गाँउपालिकाको कार्यालय, वर्डा कार्यालय , विद्यालय तथा अन्य कार्यालयहरुमा ई हाजिरि प्रणाली सचालनमा ल्याएको जनाएको छ ।