कपिलवस्तुमा भाडाका सवारीलाई टाईम कार्ड वितरण गरिएको छ।
जिल्लामा दिनहु जसाे हुने सवारी दुर्घटनामा बृद्धि भएपछि दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्लाका विभन्न रुटमा चल्ने भाडाका गाडीहरुलाई टाइम कार्ड वितरण गरीको हो।
भाडाका गाडीहरुले तिब्र गतिमा सवारी चलाउदा दुर्घटना वढेको वताउदै चालकहरुलाई सचेत गराउन र गति कम गर्नको लागी टाइम कार्ड प्रदान गरेको जिल्ला टफिक कार्यालय कपिलबस्तुका प्रहरी निरिक्षक बाबुराजा पन्तले जानकारी दिए।
उक्त गाडीहरुले धेरै यात्रु पाइन्छ भन्ने उद्देश्यले तिब्र गतिमा सवारी चलाउदा दुर्घटना बढ्दै गएको निरिक्षक पन्तकाे भनाइ छ।
टाइम कार्ड कृष्णनगरबाट चन्द्रौटा, गोरुसिंगे, पिपरा हुदै मुर्गिया तर्फ जाने सम्पूर्ण भाडाका सवारी साधनहरुलाई वितरण गरिएको उनले बताए । कृष्णनगर देखि चन्द्रौटा ३० मिनेट, चन्द्रौटादेखि गोरुसिंगे ३० मिनेट, गोरुसिंगे देखि पिपरा ३० मिनेट, पिपरा देखि मुर्गिाया ३० मिनेटकाे समय तोकिएको पनि पन्तले जानकारी दिए।