कर्णाली प्रदेशको जिल्लागत तथ्याङ्क हेर्दा सुर्खेतबाट उजुरी सबैभन्दा धेरै परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएकाे छ ।आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार सुर्खेतमा एक सय ६ उजुरी मध्ये ३२ उजुरी फछर्यौट गरिएको छ भने ७४ उजुरी बाँकी रहेको छ ।
यस्तै दैलेखमा ८५ उजुरी, जाजरकोटमा ७३ उजुरी, कालीकोटमा ५८ उजुरी, जुम्लामा ४२ उजुरी, हुम्लामा ४० उजुरी, रुकुम पश्चिममा ३५ उजुरी, सल्यानमा ३३ उजुरी, मुगुमा २१ उजुरी डोल्पामा ६ उजुरी र रुकुम पुर्वमा ४ वटा उजुरी परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले चारवर्षको अवधिमा २८ जनालाई घुस रकमसहित रंगे हात पक्रेको छ ।कार्यालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० जिल्ला अन्र्तगत विभिन्न स्थानबाट आर्थिक वर्ष २०७१/०७२ देखि चालु आवको यो अवधीसम्म २८ जनालाई स्टिङ अप्रेसनमार्फत पक्राउ गरिएको आयोग कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा प्रत्येक वर्ष सात जना स्टिङ अप्रेसनमा पर्ने गरेका छन् ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म उजुरीहरुको मन्त्रालयगत विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १ सय ५५ वटा उजुरी दर्ता भएका छन् ।
अख्तियारका अनुसार दर्ता हुनेमा स्थानिय तहको मातहतमा धेरै रहेकोे छन् भने शिक्षाको क्षेत्रमा पनि बढी उजुरी दर्ता भएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा १सय ४५ उजुरी परेका छन् ।
यस्तै वन तथा वातावरण मन्त्रालयमा ५१ वटा, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा ४१ वटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३३ वटा उजुरी दर्ता भएका छन् ।
यस्तै खानेपानी मन्त्रलायमा १७ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १७ वटा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ११ वटा, गृह मन्त्रालयमा १० वटा, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा ९ वटा, सहरी विकास मन्त्रालयमा ५ वटा उजुरी दर्ता भएको अख्तियारले जानकारी दिएको छ ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा ३ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रायलमा ३ वटा, सञ्चार तथा सुचना प्रविधि २ वटा, युवा तथा खेलकुद मन्त्रालयमा १ मुद्धा गरी जम्मा ५ सय ३ वटा उजुरी परेको अख्तियारले जानकारी दिएको हो ।