पूर्ब–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको हुुलाकी सडक कालोपत्रे एवं मर्मतसंहार गर्दै विस्तार गर्न थालिएको छ। विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रंगेली सडक तथा विराटनगर–देवागन्ज सडकमा कालोपत्रे शुरु गरेको छ।
विराटनगर–रंगेली १२ किलोमिटर तथा विराटनगर–देवानगन्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुुख शुुभराज न्यौपानेले जानकारी दिए।
विराटनगर–रंगेली सडक यसै हप्ताभित्र र देवानगन्ज–विराटनगर सडक चालुु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेका डिभिजन प्रमुुख न्यौपानेले वताए।
विराटनगर–रंगेली सडकको आवधिक मर्मतका लागि २ करोड ७४ लाख र विराटनगर–देवानगन्ज सडकमा कालोपत्रे गर्न १२ करोड २८ लाख रुपैंयामा ठेक्का लगाइएको छ।
मोरङ र सुुनसरी जिल्ला जोडने पुुरानो हुुलाकी राजमार्गको रुपमा रहेको विराटनगर–देवानगन्ज सडकखण्ड अन्तर्गत १४ किलोमिटरमध्ये ५ किलोमिटर कालोपत्रे भइसकेको छ।
यसअघि ग्राभेल रहेको उक्त सडकमा कालोपत्रे गर्ने काम सुुनसरीको देवानगन्जतर्फ भइरहेको छ। डाफे पुुष्पाञ्जली निर्माण कम्पनीसंग उक्त सडक निर्माणका लागि २०७३ जेठ १७ मा ठेक्का सम्झौता भएको थियो। उक्त सडक विराटनगरबाट सोझै देवानगञ्ज जोडिने भएकाले आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ।
आर्थिक महत्व वोकेका दुुवै सडक कालेपत्रे भएपछि यातायातको सहज पहुुँच हुनेछ। देवानगञ्ज र कप्तानगञ्जवाट आउने तरकारीले विराटनगरको बजार धान्दै आएको अवस्थामा सडक निर्माण भएपछि कृषिजन्य वस्तुहरु आयात निर्यातमा सहज हुुनेमा स्थानीय व्यापारी आशाबदी छन्।