Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
जनकपुरमा विवाह पञ्चमीको तयारी भव्य, मुख्यमन्त्री झाडु लिएर जुटे सरसफाइमा
रोहित महतो
रोहित महतो जनकपुरधाम, २० मंसिर
जनकपुरमा विवाह पञ्चमीको तयारी भव्य, मुख्यमन्त्री झाडु लिएर जुटे सरसफाइमा
फाइल तस्वीर

छोरीको विवाह नजिकिँदै जाँदा अभिभावक जति चटारोमा हुन्छन्, त्यस्तै व्यस्त छन् मिथिलावासी। त्यो चटारो हो, जानकी मन्दिर र प्रदेश सरकार विवाहपञ्चमीको तयारी। त्रेतायुगमा तत्कालिन मिथिलाका राजा जनकले सीता स्वयंवरको आयोजना गर्दा देशविदेशबाट राजा, राजकुमार र हजारौँ जनता सामेल भएको पौराणिक मान्यताले विवाहपञ्चमी बढी श्रद्धा र निष्ठाका साथ मनाउँछन्, मिथिलावासी।

मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ। मंसिर २१ गतेबाट विवाह पञ्चमी महोत्सवको कार्यक्रम सुरु हुँदैछ । महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर र छैठौं दिन अर्थात २६ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुन्छ।

महोत्सवको अन्तिम दिन राम कलेवागरी जन्तीको विदाई गर्ने कार्यक्रम तय गरिएको जानकी मन्दिरका उतराधिकारी महन्थ रामशोशन दासले बताए । विवाह पञ्चमीलाई लिएर जनकपुरसँगै छिमेकी मुलुक भारतका विहार राज्यवासी तथा उत्तरप्रदेशवासी समेत उत्साहित हुने गर्छन्।

मंसिर २६ गते हुने विवाह कार्यक्रममा भारतको अयोध्याबाट उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको नेतृत्व गरी जनकपुर आउने भएपछि प्रदेश सरकार र जानकी मन्दिर व्यवस्थापन समिति झनै जोडतोडले तयारीमा जुटेका छन्। विवाह पञ्चमीमा १० लाखभन्दा बढी दर्शनार्थी भित्र्याउन जानकी मन्दिरदेखि प्रदेश सरकारले तयारी तीव्र बनाएका हुन्। प्रदेश सरकारले विवाह महोत्सवमा सहभागी हुने अतिथिको स्वागत भव्य बनाउन प्रदेश सरकारबाट ५० लाख जानकी मन्दिरलाई उपलब्ध गराएको छ।

विवाह पञ्चमीमा प्रत्येक वर्ष जनकपुरधाममा ठूलै भीड लाग्ने गर्छ। यस पटक विवाह पञ्चमीमा १० लाखभन्दा बढी श्रद्धालु जनकपुरधाम आउने अनुमान गरिएको छ। महोत्सवमा सहभागी हुनका लागि नेपाल र भारतबाट जनकपुर आउने लाखौं श्रद्धालुहरूको बसाइ व्यवस्थित गर्न जानकी मन्दिरको परिसरमा टेन्ट लगाउने, जनकपुर नगरक्षेत्रभित्र रहेका धर्मशाला, मठ मन्दिर र सार्वजनिक स्थलमा बास र खानाको व्यवस्थापन गर्न जानकी मन्दिर तयारीमा जुटेको उतराधिकारी महन्त दासले बताए।

प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री राउतले विवाह महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्ती, साधुका लागि मंसिर २६ गते भण्डारा (भोज) को आयोजन गर्नेछ। प्रदेश सरकारको मन्त्रालय रहेको मधेस भवनमा करिब पन्ध्र सय व्यक्तिका लागि प्रदेश सरकारले भण्डारा आयोजना गर्ने तयारी छ। भण्डारामा योगीसँगै आएका करिब अढाइ सय जना लगायत विभिन्न मन्दिरका साधुसन्त, महन्त, प्रदेशसभा सदस्य, प्रदेशका मन्त्रिमण्डलसहित संघीय सरकारका मन्त्री समेत सहभागी हुने आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सरसफाइमा

सरोकारबाला निकायले चासो नदेखाएपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम अहिले फोहोर डंगुरको रुपमा परिणत भएको छ। सरोकारबाला प्रमुख निकाय जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन तथा सरसफाइतर्फ उचित संयन्त्र बनाउन नसक्दा जनकपुरधाम फोहोरमय बनेको हो। तर, धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरमा विवाहपञ्चमीको समय नजिकिएसँगै सरसफाइ कार्यलाई समेत तीब्रता दिइएको छ।

विवाह उत्सवमा सहभागी हुन आउने भक्तजन तथा तीर्थालुहरुलाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउतदेखि प्रदेशमन्त्रीहरु समेत हातमा झाडु लिएर सरसफाइमा जुटेका छन्। विवाह पञ्चमी नजिकिएदेखि प्राय प्रत्येक दिन हुने सरसफाइमा नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय युवा अभियन्तादेखि विद्यार्थीसम्म हातमा झाडु लिएर खटेका हुन्छन्।

विवाह पञ्चमीलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विघाको सरसफाई, अस्थायी बासको व्यवस्था, अस्थायी शौचालयको समेत व्यवस्था गर्न लागेको छ।

सुरक्षा व्यवस्थामा कडाइ

लाखौँको सहभागिता रहने विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारका लागि थप सुरक्षा चुनौती बनेको छ। प्रदेश सकार समेत आफूहरु सुरक्षा व्यवस्थालाई लिएर गम्भीर रहेको जनाएको छ।

योगीको भ्रमणको समयमा ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले २ हजार बढी नेपाल प्रहरी र ५ सय भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने बताए।

विवाहोत्सव तथा योगीको भ्रमणलाई लिएर सीमा नाकामा समेत कडाइ गरिएको प्रहरी उपरीक्षक थपालियाले जानकारी दिए।

विवाह पञ्चमी अवधिभर मदिरा निषेध

जनकपुरमा अगामी २३ गतेदेखि विवाहपञ्चमीको अवधिसम्म मदिरा बन्द गर्ने निर्णय भएको छ। जनकपुरकै सबैभन्दा ठूलो पर्व विवाहपञ्चमीका बेला आपराधिक क्रियाकलाप र होहल्ला हुन नदिन अगामी मंसिर २७ गतेसम्म मदिरा निषेध गरिएको हो।

मेलालाई भव्यता प्रदान गर्न नागरिक समाज, संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, एवं वडा अध्यक्षहरुको उपस्थितिमा २६ गते आ–आफ्नो स्तरबाट जनकपुरवासीहरुले दीपावली मनाउने निर्णय समेत गरेको उपमहानगरकी उपप्रमुख रिता मिश्रले जानकारी दिइन्।

बैठकमा पर्यटकहरुलाई बिजुली बत्ती, खानेपानी तथा शौचालय सहज उपलब्ध गराउनुपर्ने, यातायातलाई उचित शुल्क लिएर गन्तव्यस्थलसम्म पु¥याउन सहयोग गर्ने, होटल व्यवसायीहरुले आ–आफ्नो स्तरबाट थोरै नाफा लिएर भोजनको व्यवस्था गर्ने लगायतको सुझाव दिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५, ०१:२८:००
रोहित महतो
रोहित महतो @rohit09492 लेखक स्पेसखबर डटकमका धनुषास्थित संवाददाता हुन्।
लेखकबाट थप
  • ओली सरकार न्यायपालिकामाथि कब्जा गर्न खोज्दैछ : उपसभापति निधि
  • जनकपुरको कविर अनाथ आश्रमलाई रामरत्न स्मृति प्रतिष्ठाको सहयोग
  • प्रदेश २ सरकारको एक वर्ष : मुख्यमन्त्री राउतले गरे उपलब्धी सार्वजनिक
  • अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
  • प्रदेश २ को लेखा समिति अध्यक्षमा विवाद : नेकपाका सांसदद्वारा सभामुखमाथि दुर्व्यवहार
  • जानकी आँखा अस्पतालमा नागरिक समाजकाे तालाबन्दी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
साइकलको भरमा परिवार पाल्दै कञ्चनपुरका महिला
साइकलको भरमा परिवार पाल्दै कञ्चनपुरका महिला
आज देशभरकाे माैसम कस्ताे रहला?
आज देशभरकाे माैसम कस्ताे रहला?
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
  • ताजा समाचार
  • ट्रेण्डिङ
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP