सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको संचार तथा सूचाना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
देवकोटाको जन्म जयन्तीका दिन आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डिल्लीबजारमा रहेको उनको आवासलाई संग्रहालय बनाउने घोषणा गरेका थिए।
प्रधानमन्त्रीको उक्त घोषणालाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो।राजधानीको डिल्लीबजार नजिकै रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भूकम्पले भत्किए बस्नै नमिल्ने भएको छ।