लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले शुक्रबार आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् ।
ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिए।
उनले आमा दिलबहारीदेवी चौधरी माथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उनको टाउकोमा चोट पुगेको छ । गम्भीर घाइते उनलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जैसीले बताए ।