सुनसरीको कोशी गाउँपालिका–७ मुसहर वस्तीमा डकैती गर्न आएको भारतीय समूह र नेपाल प्रहरीबीच झडप भएको छ।
पाँच जनाको समूहमा आएका ब्यक्तिले गस्तीमा रहेको प्रहरी टोलीमाथि गएराति गोली प्रहार गरेपछि झडप शुरु भएको थियो। प्रहरीले गरेको जवाफी कारबाहीमा डकैती गर्न आएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुलेको छैन।
बाँकी ४ जना भने भारतीय सीमातर्फ भागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट दुई थान कटुवा पेस्तोल र ७ राउन्ड गोली फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।