पोखरा घुम्न आएका काठमाडौं ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठ सोमबार फेवातालमा खसेर बेपत्ता भएका छन्।
सेल्फी खिच्ने क्रममा बिहान सवा १० बजेतिर उनी तालमा डुबेका थिए। दुर्घटना लगत्तै उद्धार थालिए पनि श्रेष्ठलाई फेला पार्न नसकिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले बताए।
एक जनामात्र चढ्न मिल्ने बोट लिएर फेवा सयरमा निस्केका उनले लाइफ ज्याकेट खोलेर सेल्फी खिच्ने क्रममा तालमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। उनी दिदीसँग पोखरा घुम्न आएका थिए।
डिएसपी कार्कीको कमान्डमा १५ जनाको उद्धार टोली बिहानैदेखि खटिएको प्रहरीले जनाएको छ। उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोली पनि सक्रिय छ।