मोरंङ रंगेली नगरपालिकाका बिस्थापीत २७ सुुकुुम्वासी परिवारलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले राहात प्रदान गरेका छन् । अर्यालले रंगेली ७ बस पार्कका २७ सुुकुुम्वासी परिवारलाई प्रतिपरीवार एक बोरा चामल, एउटा त्रिपाल , एकथान म्याट, एक थान कम्वल प्रदान गरे।
उनीहरुलाई नेता अर्यालले करिब २ लाख ५० हजार बराबरको उपभोग्य सामाग्री वितरण गरे । अर्याल मोरङ ५ नम्मर क्षेत्रका प्रतिनिधिसभाका काग्रेसका उमेदवार हुन् ।
नगरपालिकाले सडक तथा वजार विस्तारगर्ने क्रममा ती सुुकुुम्वासी परिवार विस्थापित भएका हुुन् । जाडो समयमा उनीहरु विस्थापित हुुनुपरेको भन्दै त्यस्तो अवस्थामा केही सहयोग होस् भन्ने उदेश्यले थोरै भएपनि राहत प्रदान गरेको अर्यालले बताए।
राहात कार्यक्रमका प्रमुख अतिथी एवं काग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले, विशिष्ठ अतीथि मोदराज घिमिरे, सुकदेव मण्डल, रामनारयणमण्डल , रामेश्वर याादव लगायतका नेताहरुले संयुक्त रुपमा राहात सामाग्रही वितरण गरेका थिए।
कार्यक्रममा आर्यालले कांग्रेस सधै विकास र समवृद्धिको पक्षमा रहेको भन्दै गरिव तथा सुुकुुम्वासी परिवारलाई वसोवासको उचित व्यवस्थापन गरेर गरिने विकास दिगो हुुने वताए ।विस्थापीत परिवार ३० बर्ष अगाडि देखि सो क्षेत्रमा बसोवास गर्दे आएका थिए ।