रेडक्रस सोसाइटी मोरङले सडक दुुर्घटना न्युनिकरण तथा प्रकृतिक प्रकोप व्यवस्थापनका लागी प्राथमिक उपचार स्वयंसेवक परिचालन गरेको छ ।
पुुर्व पश्चिम राजमार्ग तथा हुुलाकी राजमार्गलााई लक्षित गर्दै सडक सुुरक्षा तथा आइपर्न प्रकोपपछीको अवस्थामा सहयोग पुुर्याउनेगरी युवा स्यमसेवक परिचालन गरेको हो । रेडक्रस मोरङले जिल्ला ट्राफिक कार्यालयको सहयोगमा तालिम प्राप्त ५ सय ११ स्वयंसेवक परिचालन गरिएको छ ।
स्वंयसेवक दस्ताले सडक दुुर्घटनाहुुदा तत्काल गर्नुुपर्ने उद्धार , प्राथमिक उपचार तथा सवारी साधनमा स्टिकर टास गर्दै आएको छ । रेडक्रस मोरङको यस अभियान अन्र्तगत स्वयंसेवकले राजर्मागमा ट्राफिक प्रहरीले संग संगै संगै खटने तथा स्थानिय स्तरमा ट्राफिक सचेतना फैलाउने तथा जेब्रा क्रसिंग समेत वनाउदै आएको रेडक्रस मोरङका सभापती सुुबाेध सिंहले बताए।
मोरङ जिल्लाका राजमार्ग जोडिएका २७ वटा स्थानमा दुुर्घटना न्युुनिकरण सम्वन्धि तालिम दिएपछि स्वयंसेवक दस्ता तयार भएको हो । ट्राफिक व्यवस्थापनमात्र नभएर हुुन सक्ने दैविक प्रकोपका घटनामा पनि मानविय सेवामा कसरी लाग्ने भन्ने विषयमापनि उनिहरुलार्ई तालिम दिएको रेडक्रस सभापती सिंहको भनाई छ ।
सो कार्यमा शिक्षक , विद्र्याथी तथा महिला स्वंम सेवक सहभागी छन । रेडक्रस मोरङले सडक दुुद्र्धटना न्युुनिकरणका लागी युुवा सर्कल स्यमसेवक परिचाललन गरेपछि दुुर्घटना न्युनिकरणमाा सहयोग पुुग्ने जनाइएको छ । युुवा स्वयंसेवकहरुले सडकमा जेब्रा क्रसिङ वनाउने तथा सवारी चलाउदा अपनाउनुुपर्ने सावधानीका वारेमा समेत सचेत गरााउने गरेको कार्यक्रम अधिकृत उद्धव कार्कीले वताए । सडक सुुरक्षा सप्ताह दुुर्घटना न्युुनिकरण अभियान अन्तगर्त सर्कलले फुुटपाथ समेत व्यवस्थापन गर्ने तथा गाउगाउ तथा घरघरमा प्राथमिक उपचार समेत गर्ने गरेको थालेको कार्यक्रम कार्कीले वताउनुुभयो । मोरङ, सुुनसरी , झापा तथा सप्तरी जिल्लामा यो अभियान संचालनमा छ ।