कर्णाली प्रदेशका विभिन्न जिल्लामा गए रातिदेखि हिमपात शुरु भएको छ।
हुम्ला, जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशका बझाङ तथा बाजुराका उत्तरी क्षेत्रमा हिमपात भएकाे हाे। हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। हुम्लामा यो वर्षकै दोस्रोे पटक हिमपात भएको हो।
गएरातिदेखि हुम्लाको उत्तरी साविकका गाविस लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडिकोट, मेल्छाम मिमिलगायतका ठाउँमा हिमपात भए पछि स्थानियहरु बाहिर निस्कन समेत अप्ठेराे भएकाे छ।
लिमी गाउँमा एक फिटभन्दा बढी हिउँ जमेको स्थानियले बताएका छन्। हिमपातसँगै चिसो ह्वात्तै बढेकाले गाउँमा वा सदरमुकाम सिमकोटमा सरकारी तथा गैरसरकारी कार्यलयकाे काम काज समेत प्रभावित भएकाे छ।