सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विवाह पंचमीको अन्तिम दिन आज राम कलेवा मनाइदैछ।
अयोध्याबाट आएका सधुसन्तलाई जानकी मन्दिरको प्राङ्गणमा बिदाइ गर्नुअघि विशेष भण्डारा (भोज) को आयोजना गरिएको छ।
जन्तीहरुलाई अन्तिम दिन भोजन गराउदै मैथिली परम्परा अनुसार गाली गीत गरी स्वागत गर्ने परम्परालाई रामकेवा भनिन्छ। रामकलेवामा विवाहमा जन्तीका रुपमा आएका पाहुनालाई मिष्ठान भोजन गराउने चलन छ।