रामेछापको खाँडादेवी र सिन्धुुलीको सुनकोशी गाउपालिका जोडने अस्थायी कलभर्ट बिहिबार देखि संञ्चालनमा आएको छ । खाँडादेवी ,सुनापति गाउपालिका र मध्यपहाडि लोकमार्ग एबं सुनकोसी खाँडादेवी वालुवा प्रसोधन केन्द्रको ४६ लाख ३४ हजार ५ सय २९ को लगानीमा सो कल्भर्ट निर्माण गरिएको हो ।
उक्त कलभर्ट निर्माण भए सँगै सुनापति, खडादेवी र दोरम्बा गाउपालिकाका दैनिक हजारौको संख्यामा काठमाण्डौ र तराई बाट ओहोर दोहोर गर्ने यात्रुहरुलाई सहज भएको छ । उक्त कल्भर्टको उदघाटन बिहिबार एक समारोहका बिच खाँडादेवी गाउपालिकाका अध्यक्ष पे्रम तमाङ ले गरे । उक्त कल्भर्ट निर्माण भएपछि ति गाउँपालिकालाई २ घण्टाको बाटो छोटो भएको छ ।
कल्भर्ट को उद्घाटन गर्दै गाउपालिकाका अध्यक्ष प्रेम तमाङले लामोसमय देखि निर्माण सुरु भएको खैरेनी घाट ( रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोसी गाउपालिका जोडने पक्की पुल)को हाल सम्म पनि निर्माण कार्य नसकिदा रामेछाप जिल्लाको सुनापति खाँडादेवी र दोरम्वा गाउपालिका का स्थानीयलाई काठमाण्डौ अावत जावत गर्न कठिनाई हुने गरेको र निर्माणाधिन मध्य पहाडि लोकमार्ग का लागि सामाग्री ढुवानीमा समेत समस्या परेको बर्तमान अबस्थामा यस अस्थाइ कल्भर्टले हिउदभर राम्रो सुबिधा दिने बताए ।
उनले गाउपालिका दिगो बिकासको पक्षमा रहेपनि यस्ता खालका बिकासहरु भने अस्थायी प्रकृतिका हुँदापनि ६ महिना सम्म सञ्चालन हुन पाउदा कल्भर्टको लागत उठ्ने बताए । सो अबसरमा खाँडादेवी गाउपालिका वडा नं १ राकाथुमका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ, सुनापनि गाउपालिका वडा नं २ बेथानका अध्यक्ष खड्ग घिसिङ ले यस्ता कामले वडाको मात्र नभएर समग्र गाउँपालिकाकै बिकासमा टेवा पुग्ने भएकोले यस्ता काममा वडा सधै सहयोगी रहने बताए ।