तीन दिनदेखिको लगातारको वर्षातले देशभरको जनजीवन प्रभावित भएको छ। बर्षातसँगै बाढी पहिरोको खतरा बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि नै काठमाडौं, भक्तपुर, ललितपुरसहित देशभर धेरै स्थानमा भारी वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकाका सबै खोलहरुका बहाब बढेकाले तटीय क्षेत्रका स्थानीयहरु त्रसित बनेका छन्। लगातारको वर्षातले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ भने तराई क्षेत्रमा बाढीको खतरा बढेको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले साेमबारदेखि देशभर नै मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेको छ। काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा २८.४ मिलिमिटर वर्षा भएकाे छ। याे अझै बढ्न सक्ने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ। नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ।
नेपालगञ्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ।
देशभर बाढीकाे अवस्था यस्ताे छ ।