'छोरीलाई दाइजो होइन पैत्रिक सम्पती'को अंश दिउ भन्ने नाराका साथ मोरङका मुसलिम समदायले दाइजाे विरुद्ध अभियान शुरु गरेका छन् । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाउपालिकाका मुसलिम समुदायहरुले शनिवार कर्सिया बजारमा रयाली निकालेर अभियान शुरु गरेका हुन् ।
रयालिपछि आयोजित कोणसभामा मुसलिम समुदायका अगुवा तथा जन प्रतिनिधीहरुले दहेज लिनु र दिनु पापहो भन्दै अव देखी छोराछोरीको विवाहमा दहेज नलिने र दहेजपनि नदिने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा वोल्दै धनपालथान गाउपालिका वर्डा न ६ का वर्डा अध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागी अभियान शुरु गरेको भन्दै अभियानलाई घरघर सम्म पुर्उनेमा जोड दिनुभयो । मुसलिम अगुवा मोलान सयदले दहेज विरुद्धको अभियानलाई सफल वनाउन यसको शुरुआत परिवार र समुदायवाट हुनुपर्ने बताए ।
कार्यक्रममा बाेल्दै धनपालथान गाउपालिकाका चार नम्वर वर्डाका वर्डा अध्यक्ष रोशन राजवंशी , सामाजिक अगुवा अश्विनी मण्डल लगायतले उमेर नपुगी छोरा छोरीको विवाह गर्ने र दहेज दिने र दहेज लिनेलाई समाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिए ।
इस्लामि सघ मोरङको आयोजनामा निस्केको रयालिले कर्सिया वजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानिय निकायमा शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो ।