नेपाल-भारत सिमाना रहेका सिमा स्तम्भलाई थप व्यवस्थित गरिने भएकाे छ । भारतकाे विरपुुरमा शनिवार बसेको नेपाल-भारत फिल्ड सर्वेको संयुुक्त वैठकमा यस विषयमा छलफल भएकाे हाे ।
वैठकमा मोरङ, सुुनसरी तथा झापा जिल्लाको दशगज्जा क्षेत्रमा अतिक्रमण रोक्ने , विग्रे भत्केको सिमास्तम्भ मर्मत संभारगर्ने तथा सिमास्तम्भलाई थपव्यवस्थित गर्ने विषयमा छलफल भएको मोरङका प्रमुुख जिल्ला अधिकारी रमेश केशीले बताए।
यसैगरी हराएका र विग्र भत्केको सिमास्तम्भ व्यवस्थित गर्न भइरहेको सिमा स्तम्भ निमार्णको कामलाई तिव्रताकासाथ अघि वढाउने विषयमा समेत छलफल भएको प्रजिअ केशीले बताए ।
वैठकमा नेपालको तर्फवाट मोरङ, सुुनसरी तथा झापा जिल्लाका प्रमुुख जिल्ला अधिकारी , जिल्लाका नेपाल प्रहरी, सशत्र प्रहरी तथा अनुुसन्धानका प्रहरी प्रमुुख ,नापी कार्यालयका प्रमुुख, जिल्ला वन डिभिजन कार्यालयका प्रमुुख तथा भारतको सुपौल, अररिया तथा किशनगन्ज जिल्लाका ड्रिसटिक मजिष्टेड तथा भारतिय प्रहरी प्रमुुखको सहभागिता रहेको थियो ।नेपाल भारतको फिल्ड सर्वे वैठक प्रतेक ६, ६ महिनामा वस्दै आएको छ । अर्को बैठक अागामी जुुनमा विराटनगरमा बस्ने छ ।