नेपाल–भारत सीमाअन्तर्गत मोरङका सीमास्तम्भ मर्मतसम्भार एवं पुुनर्निर्माण गरिएको छ । नेपाल–भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका १८ नयाँ सीमास्तम्भ निर्माण गरेको हो ।
३० वटा फेला नपरेका र दुुईवटा खोलाले बगाएकामा १८ वटा सीमास्तम्भ पुुनर्निर्माण गरिएको र बाँकी पुनर्निर्माणका क्रममा रहेको सशत्र प्रहरीबल गण मोरङका प्रहरी उपरीक्षक (एसपी) मनिष थापाले बताए ।
रतुुवामाई नगरपालिका– २ मा १६ वटा तथा विराटनगर–१६ स्थित दरैयारमा दुुईवटा नयाँ सीमास्तम्भ निर्माण भएका हुन् । गत मंसिरदेखि सीमा सर्भे टोलीले जिल्लामा काम सुुरु गरेको हो । ६३ किलोमिटर लामो सीमानाका रहेको मोरङमा साना, ठूला र सहायकगरी १ सय २४ सीमास्तम्भ छन् ।
सीमा सर्भे टोलीले प्रमुुख जिल्ला अधिकारी, नापी कार्यालय तथा सशत्र प्रहरी प्रमुुखसंग समन्वय गर्दै सीमास्तम्भ निर्माण गरेको एसपी थापाले जानकारी दिए ।