कपिलवस्तुको हल्लानगरमा आफ्नै अटो रिक्साले किचेर एक जनाको मृत्यु भएको छ।
शिवराज नगरपालिका-२, हल्लानगरमा गएराति रिक्सा चालक ओमबहादुर नेपालीको मृत्यु भएको हो। आर्घाखाँची ढकावाङ घर भएका ३३ वर्षीय नेपाली केही महिना देखि चन्द्रौटामा लु १ ह ६५४ नम्बर को रिक्सा चलाउँदै आएका थिए।
राति पेट दुख्न थालेपछि झारफुक गराउन हल्लानगर पुगेका नेपालीलाई आफैले चलाएको रिक्सा पल्टिँदा थिचिएर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।