प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विराटनगर–इटहरी–धरान ६ लेन्थको सडक निमार्णको कामलाई निर्धारित मितिमा सम्पन्नगर्न निर्देशन दिएका छन्।
प्रदेश न १ को भौतिक पुुर्वाधार विकास मंत्रालयले विराटनगरमा बुधबार आयोजना गरेको ६ लेन सडकको कामको प्रगतिबारे समिक्षा कार्यक्रममा भौतिक पुुर्वाधार विकासमंत्री समेत रहेका मुुख्यमंत्री राईले सडक निमार्णको काममा ढिलाई भइरहेको भन्दै अब प्रदेश सरकारले त्यसलाई समयमा सम्पन्नगर्न चासो दिएको उनले बताए । उनले ६ लेनकाे उक्त सडक प्रदेशको विकास र समवृद्धि संग जोडिएकाले यो सडक समयमा सम्पन्न हुुनुु पर्ने बताए ।
विराटनगर महानगरपालिका मुख्य लगायत भित्री सडक समयमै सम्पन्न गर्न आइपर्ने वाधा व्यवधान, समस्याको पहिचान र निराकरणका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्ने समेत उनले बताए ।
उनले विराटनगरमा हाल प्रदेशको अस्थायी राजधान रहेको र यस क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुनको आगमन चाप दिनप्रतिदिन वृद्धि हुदै गैरहेकोले यस शहरको शुन्दरता कायम राख्न तथा सवारी साधानको चाप कम गर्न पनि समयमा सडक निमार्णको काम सम्पन्न हुुनुुपर्नेमा जोड दिए ।
जोगवनी रानी– धरान छ लेनको सडक ४९ किलोमिटरको रहेकोमा आर्थिकवर्ष ६९/७० सालमा निर्माण ठेक्का लागेकोमा आव ०७५/७६ सम्म सम्पन्न गर्नु पर्नेमा सयम थप गरी आगाामी आर्थिकवर्ष ७७/७८ काम सम्पन्न गर्नुुपर्ने सम्झौता भएको छ । हालसम्म उक्त सडकको निमार्ण ३५ प्रतिशत काम सम्पन्न भएको छ ।
सडक निर्माणका लागि वुढी खेलाको पुल निर्माण सहित विभिन्न १५ खण्डमा सडक निर्माण भइरहेको छ ।
१२ अर्व रुपैयाको लागतमा सम्पन्नगर्ने लक्ष्य रहेको उक्त सडकको अहिलेसम्म ४० प्रतिशत रकम भुक्तानी भैइसकेको छ ।
उक्त सडकमध्ये इटहरी उपमहानगरपालिका चौकदेखि दक्षिण ८०० मिटर , दुहवी नगरपालिको नेपाल वैंकदेखि दुहवी इनरुवा सडकको ६३० मिटर , कोशी ग्यास देखि दुहवी पुलसम्म ८०० मिटर र ट्रयाग्रा खोला ५ दशमलव ५ किलोमिटरमा सडक विभिन्न समस्याका कारण काम शुुरु हुुन सेकेको छैन ।
कार्यक्रममा वोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले छ लेन सडक निर्माण कार्य सोच अनुसार अगाडी नवढेको वताउदै काम हुुन नसेकेका सडकको डिपिआर तयार गरेर काम शुुरु गर्नुुपर्ने बताए ।
प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले नतिजा निस्कनेगरी दु्रत रुपमा कार्य गर्नुपर्नेमा जोड दिनुुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागर राईले, सडक, विद्युत टेलिकम खानेपानी कार्यालय वीच आवश्यक समन्य गरी सडक निर्माणमा अवरोध हटाउनु पर्नेमा जोडदिए।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर विमानस्थलको सडक आगामी पुस १९ गतेभित्र कालोपत्रे गरिसकिने जानकारी दिदै महानगरपालिकाभित्रको ४३ किलोमिलोटर सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको बताए ।
इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिका प्रमुख क्रमशःद्धारिकलाल चौधरी र वेदनारायण गच्छदारले छ लेन सडक निर्माणमा परेका सर्वसाधारणको जग्गाको तथा घरको उचित मुआव्जा उपलव्ध गराउनु पर्नेमा जोड दिए ।
सो अवसरमा विद्युत प्राधिकरणका क्षेत्रीय निर्देशन सच्चिनान्द यादवले प्राधिकरणले सडम निर्माणमा सहयोग गर्न सडकक्षेत्रमा पर्ने विजलीको पोल हटाउने कामलाई तिव्रता दिएको बताए ।
नेपाल टेलिकमका पूर्वान्चल क्षेत्रीय प्रमुख अमरनाथ झाले निर्माण कम्पनीले समयमै जानकारी नदिदा कतिपय स्थानमा सञ्चार सेवा अवरुद्ध हुने गरेको बताए ।
कार्यक्रममा मोरंङ र सुुनसरी जिल्लाका प्रमुुख जिल्ला अधिकारी सडक निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रतिनिधि, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका उच्च पदस्थ कर्मचारी, छ लेन सडक निर्माण परियोजना प्रमुख,प्रदेश नं १ र २ का सडक कार्यालयका निर्देशक, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरणका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
।