पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको राइगाउँका लागि हेटौँडाबाट छुटेको बस फापरबारीनजिकैको लम्कना खोलाले बगाएको छ ।
सोमबार बिहान हेटौँडाबाट छुटेको ना ५ ख १८१६ नं को बसलाई लम्कना खोलाले बगाएको नारायणी संघ हेटौँडा कम्पनीका पूर्वी मकवानपुर संयोजक विश्व राईले जानकारी दिए । उनका अनुसार २० जना यात्रुसहितको बसलाई खोलाले बगाएको थियो ।
खोलाले केही मिटर बगाएर लडाएपछि बसमा सबार यात्रुहरुलाई उद्धार गरिएकाले मानवीय क्षति हुन नपाएको उनले बताए । अहिले पनि बस खोलाको बीचमै रहेको र उद्धारका लागि धरान चतरा सडक आयोजनाको डोजर बोलाउने तयारी गरिएको राईले जानकारी दिए ।