मकवानपुरको हेटौडा उपमहानरपालिका वडा नं ११ डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयका छात्राहरुलाई यौन दुव्र्यवहारबाट बच्नका लागि आत्मरक्षा तालिम दिइएको छ ।
नेपाल मार्सल आर्ट सेल्फ डिफेन्स संघको केन्द्रीय टोलीले छात्राहरुलाई यौन दुब्र्यवहार तथा बलात्कारबाट बच्नका लागि मानसिक र शारीरिकरुपमा सबल बनाउन अभियान चलाएको हो । राष्ट्रपति खेलकुद महिला अभियान अन्तर्गत विभिन्न विद्यालयहरुमा संघले कार्यक्रम सञ्चालन गरी छात्राहरुलाई मानसिक र शारीरिक रुपमा साहस भर्ने काम गरिरहेको बताइएको छ ।
कार्यक्रममा संघकी प्रमुख प्रशिक्षक सन्जु महर्जनले बालिका, शिक्षिका तथा उपलब्ध अभिभावकहरुलाई समेत यौन दुव्र्यवहार र बलात्कारबाट बच्न र आत्मरक्षा गर्ने उपायहरुबारे सिकाएकी थिइन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सना, कार्यालय प्रमुख राजन दाहाल खुसराज, क्योकुसिन खेलाडी बुद्धिनाथ न्यौपाने, प्रमिला पौडेल, बिष्णु श्रेष्ठ, हरि भुजेल, नेपाल मार्सल आर्ट सेल्फ डिफेन्स संघका प्राविधिक प्रमुख राधिका ऐर हमाल लगायतको सहभागिता रहेको थियो ।