कर्णाली प्रदेशको सुर्खेत जिल्लामा १४८ जना महिलाहरुले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दिएका छन् । अदालतका अनुसार साउनमा ३२, भदौमा २२, असोजमा २१, कात्तिकमा २८, मंसिरमा २६ र पुस महिनाको १७ गतेसम्म १९ जना महिलाले सम्बन्ध विच्छेदका लागिग मुद्दा दर्ता गराएका छन ।
नयाँ मुलुकी संहितामा पुरूषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै जिल्ला अदालतमा सुर्खेतमा ५८ पुरूषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएको पाइएको छ ।जिल्ला अदालत सुर्खेतका अनुसार चालु आर्थिक वर्षको साउनमा २, भदौमा १७, असोजमा १०, कात्तिकमा ११, मंसिरमा १२ र पुस महिनाको १७ गतेसम्म ६ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका हुन् ।
यसअघिको कानुनमा पुरुषका तर्फबाट सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था थिएन । भदौ १ गतेबाट लागू भएको मुलुकी संहितामा पुरुषले चाहेमा पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरिएसंगै पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दायर गर्न थालेको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।
आर्थिक अभाव र लागुऔषध कुलतका कारण घरवार विग्रिने गरेको छ । रोजगारीकालागि विदेश गएका अधिकांस पुरुष र महिलाहरुको पारिवारीक सम्वन्ध दिगो नहुने गरेको जिल्ला अदालत सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायाधिष धु्रबकुमार शाहले बताए । उनका अनुसार अधिकांश सम्वन्ध विच्छेदका मुद्धा बैदेशिक रोजगारमा गएकाहरुको परिवार विच आर्थिक कारोवारका कारण हुने गरेको छ ।
विदेश बाट पठाएको रकम हिनामिना भएपछि पारिवारीक सम्वन्ध विग्रिने अवस्था आउने गरेको छ । जसले गर्दा सम्वन्धविच्छेदकालागि अदालत सम्म पुग्ने गरेका छन् । श्रीमानले विदेशमा अर्को राखेको र श्रीमती स्वदेशमा अर्को संग लागेका भन्दै अदालत जाने गरेको स्थानिय अधिवक्ताको भनाई छ ।
सरकारले रोजगारको श्रृजना गर्न नसक्दा रोजगारकालागि विदेश जाने बध्यताका कारण सम्वन्ध विच्छेदका घटना बढ्ने गरेको स्थानिय अधिकारकर्मीको भनाई छ । यसलाई निरुत्साहीत गर्न स्वदेशमै रोजगारीको सृजना गर्न आवश्यक भएको उनीहरुको भनाई ।
अदालतमा आउने अधिकंश सम्वन्धविच्छेदका मुद्धा रोजगारीमा गएका र लागूऔषधको दुव्र्यशनीमा परेका परिवारबीच आउने गरेको छ । अदातलको फर्मेट एकै प्रकृतिको हुने भएकाले श्रीमानले कुटपिट गर्नेभएकाले सँगै बस्न नसक्ने भएकाले अंशसहितको विच्छेद गर्ने गरि आउने गरेको जिल्ला अदालतले जनाएको छ । यसलाई निरुत्साही गर्न सरकारले स्वदेशमै रोजगारी दिन सके सम्वन्धविच्छेदका मुद्धामा कमि आउन सक्छ ।