प्राचीन कपिलवस्तु दरवार क्षेत्र ( तिलौराकोट ) मा यस वर्ष पुन उत्खनन् शुरु गरिएको छ । यस बर्षको जपन सरकारको सहयोग, युनेस्कोको समयोजनमा उत्खनन् कार्य हुन गइरहेको छ । यो लुम्बिनीमा पहिलो चरणको उत्खानन् कार्य सिध्याई दोस्रो चरणको ३ बर्ष कपिलबस्तुमा सिध्याई सकेको छ । जे फिड्को तेस्रो चरणको उत्खानन् कार्य शुरु गरिएको छ ।
गत बर्षहरुमा उत्खानन्बाट पा्रप्त भएका मुख्य दरवार क्षेत्र, उत्तरी गेट संरक्षण कार्य रहेको छ । दरबार क्षेत्र भित्र रहेका पुरना भगनाअवशेषहरुलाई उत्खानन् कार्य , केन्द्रीय पोखरी जुन मोर्य कालिन इटाले बनेको पोखरी त्यसको पश्चिम तर्फ विगतको बर्षहरुमा पर्खालहरु उत्खानन्, समयमाई मन्दिर पछाडी र डा कसाईको सहयोगमा कन्थक स्तुपको उत्खानन् कार्य रहेको पुरातत्व विभागका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।
निकै अत्याधुनिक प्रविधीबाट शुरु गरिएको अन्वेषण र उत्खनन्बाट आधिकारिक रुपमा प्रमाण सहित यस स्थानलाई राजा शुद्धोधनको राजदरवार क्षेत्रको रुपमा विश्व सामु चिनाउन यो उत्खनन् निकै महत्वपूर्ण रहेको उत्खनन् कार्यमा संलग्न दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन कनिंघमले बताए ।
जनवरी ७ देखि शुरु भएको उत्खनन् कार्य फेबु्रअरी २८ सम्म रहने छ, पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं प्रवक्ता राम बहादुर कुंवरले भने, “सातौं शताब्दी तिर प्रसिद्ध चिनिया तिर्थयात्री हुएन—साङ्गले यस क्षेत्रको भ्रमण पछि लेखेको यात्रा स्मरणका अनुसार गौतम बुद्धका पिता राजा शुद्धोदनको राजदरवार एउटा नदीको किनारमा अवस्थित, दरवार क्षेत्रलाई चारै तिरबाट मजबुत दोहोरो सुरक्षा पर्खालको घेरामा रहेको लगायतकोे वर्णन गरिएको सवै कुराहरु यहां भेटिएको छ ।”
तिलौराकोट दरवार क्षेत्रमा अघिल्ला वर्षहरुमा गरिएका उत्खनन्बाट सय गुना सय मीटरको देवालय, राजकीय पोखरी, हतियार बनाउने उद्योग, बाटाहरुको भग्नाबशेष, मौर्यकालीन चादीको सिक्का लगातयका बस्तुहरु फेला परिसकेको छ । गत बर्षहरुमा मुख्य दरवार क्षेत्र, पुर्वी गेट, उत्तरी किल्ला र त्यस बाहिरको भाग उत्खनन, पोखरीको दक्षिण क्षेत्र उत्खनन् गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं प्रवक्ता राम बहादुर कुंवरले बताए ।
उत्खनन् कार्य वेलायतको दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश त्रिवाठी, सरोज भट्टाराई, कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली, पुरातत्व अधिकृत हिमाल उप्रेती, पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुंवर लगायत लुम्विनी विकासका कोषका पुरातत्वविद्हरुको प्रत्यक्ष उपस्थितिमा उत्खनन् कार्य अघि बढेको छ ।