प्रहरीले २७ सय थान प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रतिबन्धित लागू औषध डाईजेल्याबसहित बर्दिया–९ का ३२ वर्षीय लालबहादुर रानालाई पक्राउ गरेको जनाएको हो।
लालबहादुर भन्ने व्यक्तिले प्रतिबन्धित लागू औषध डाईजेल्याब बाहिरबाट खरिद गरी काठमाडौं उपत्यकामा हुने लागू औषध दुव्र्यसनीहरुलाई विक्री वितरण गर्न ग्राहकको प्रतिक्षा गरेर बसिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसरबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिका साथबाट डाइजेल्याब एम्पुल ८३५ थान, नोफिन ८५४ थान र फनेरेगन ८८६ एम्पुल बरामद गरिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए।