आफू नेपाल प्रहरीको बहालवाला डिएसपी भएको भन्दै आपराधिक गतिविधि गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले भक्तपुर बालकोट निवासी ३५ वर्षीय अनिल थापालाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
थापा विगत १४ दिनदेखि कमलादीस्थित तिरुपति होटलको रुम नम्बर २०३ मा आफूलाई नेपाल प्रहरीको बहालवाला डिएसपी भन्दै बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बहालवाला डीएसपी हूँ भन्दै थापाले होटल तथा रेष्टुराहरुमा खाएको खानाकोसमेत पैसा नतिर्ने र महिलाहरुमाथि दुव्र्यवहारसमेत गर्दै आएको खुलेको छ।
उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए। पक्राउ परेका थापा लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।