मोरङका विभिन्न स्थानीय निकायका प्रमुखहरु विराटनगरमा सम्मानित भएका छन्।
नगरपालिका र गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएका स्थानीय निकायका प्रमुुखहरुलाई सामुदायिक विकास समाजले सम्मान गरेको हो।
समाजले धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह, वेलवारी नगरपालिका मेयर ज्ञानेन्द्र सुुवेदी, रंगेली नगरपालिकाका मेयर दिलीप वगडिया तथा धनपालथान गाउपालिकाका प्रमुुख प्रशासकीय अधिकृत वावुुराम शर्मा लुुइटेललाई सम्मान गरेको थियो।
२१औं वार्षिक साधारणसभाको अवसर पारेर जिल्ला समन्वय समिति मोरङका प्रमुुख नरेश पोखरेलले उनीहरुलाई सम्मान गरेको संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले जानकारी दिए।