अवैध हुुन्डी कारोवारमा संलग्न तीनजनालाई ठुुलो रकम सहित प्रहरीले विराटनगरवाट आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–७ का राजेश हेडा, विराटनगर–११ का सुमित साह तथा विराटनगर १२ का दिपककुुमार कर्ण रहेका छन ।
उनीहरुलाई विराटनगर ७ मा रहेको आस्था नेपाल वहुुउदेश्य सहकारी संस्थावाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका राजेश हेडा सोही सस्थाको अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।
उनको कार्यकक्षवाट प्रहरीले ५९ लाख ७ हजार ६ सय र उक्त सहकारी संस्थावाटनै सुमित साहको साथवाट ९ लाख ५० हजार सहित ६९ लाख ५७ हजार ६सय श्रोत नखुुलेको रकम वरामद गरेको मोरङ प्रहरी प्रमुुख एंव एसपी मनोज केसीले वताए ।