रामबहादुर बम्जनसम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ। सोही कार्यक्रममा धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रममा बम्जन सार्वजनिक नहुने जनाइएको छ।
आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरूमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ।
आश्रममा हुने पूजामा बम्जनसम्बद्ध स्वदेश तथा विदेशका धार्मिक व्यक्तित्वको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ। संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार उक्त पूजामा तपस्वी बम्जनले धार्मिक सम्बोधन गर्ने र उक्त दिन सर्वसाधारणलाई दर्शन दिने कार्यक्रम तय भएको थियो। तर, बम्जनविरुद्ध नकारात्मक चर्चा बढी चलेपछि सुरक्षा दृष्टिले संवेदनशील हुने भन्दै सार्वजनिक नहुने निर्णय गरिएको उनको भनाइ छ।
‘सुरक्षा चुनौतीका कारण गुरु सार्वजनिक नहुने हुनुभएको हो,’ घिसिङले भने। सिन्धुली आश्रमबाट बाहिरिएको चर्चा चलिरहे पनि बम्जन सिन्धुलीमै रहेको उनको भनाइ छ। घिसिङले बम्जनबारे नकारात्मक चर्चा नगरिदिन आग्रह गरे। नागरिकमा खबर छ।