काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह आग्रह गरेका छन्। अब महानगरसँग स्वीकृति नलिइ कुनै पनि प्रकारका भवन बनाउन नपाइने पनि प्रष्ट पारे।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसकाे अबसर पारेर आज विभिन्न कार्यक्रमहरूकाे आयाेजना गरिएका छन्।
१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। यो २१ औं दिबस हो। यस बर्षको नारा “बिपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” रहेको छ।
दिवसकाे अबसर पारेर आज विहान भूगोल पार्कमा स्मृति सभा गरिएको थियाे। स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनु पर्नेमा जोड दिए।
गृहमन्त्री थापाले प्रकृति र प्राकृतिक संरचनामा अतिक्रमण बढिरहेकाले अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था आएको बताए। उनले अहिलेको अबस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता भएको मन्त्री थापाको जोड थियो।
सो अबसरमा
यस बर्षको मूल कार्यक्रम आयोजना गर्ने जिम्मेवारी ललितपुरको रहेकाे छ। यसैअनुसार दिनभर पाटन दरबार र जावलाखेल क्षेत्र केन्द्रीत कार्यक्रमहरु आयाेजना गरिएका छन्।