लामो समयदेखि परम्परागत चुलोको प्रयोग गर्दै आएका मोरङका ग्रामीण भेगका महिला सुधारिएको चुलोतर्फ आकर्षित हुन थालेका छन्।
पराम्परागत चुलोबाट निक्कने धुवाले स्वास्थ्यमा असर परेपछि सुधारिएको चुल्होमा आकर्षण वढेको हो। धनपालथान गाउँपालिका–४ की सुशिला ऋषिदेवले सुधारिएको चुल्हो प्रयोग गरेको भर्खर एक महिना भयो । यसबाट गाउँ नै धुवामुक्त भएको उनको भनाई छ।
सुशीलाकी छिमेकी दुखनीदेवी ऋषिदेवले पनि सुधारिएको चुल्होको प्रयोगले आँखा विझाउने र धुवाँ लाग्ने समस्या हटेको अनुभब सुनाईन्। यो चुुलामो खाना पकाउँदा मिठो र स्वादिलो हुने दुखनिदेवीको भनाई छ। धुवाँका कारण लाग्ने रोगबाट समेत आफुुहरु मुक्त भएको उनले सुनाइन्।
धनपालथान गाउँपालिकालाई धुवाँमुक्त वनाउने घोषणासंगै गरिव, दलित एकल तथा अति विपन्नवर्गका सात सयभन्दा वढि महिलालाई सुधारिएको चुलो वितरण गरिएको छ।
गाउँपालिका अध्यक्ष हरिलाल सिंहले धुवाँबाट हुने स्वास्थ्य समस्या आउन नदिन सुधारिएको चुल्हो वितरण गरिएको बताए। पहिलो चरणमा सात सय चुलो वितरण गरेको भन्दै उहाले गाउँपालिकाका सवै महिलालाई सुधारिएको चुलो वितरण गरिने योजना सुनाए।
एउटा चुल्होका मुल्य २२ सय रुपैया पर्छ । त्यसमध्ये वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले १५ सय रूपैयाँ, गाउँपालिकाले ४ सय रूपैयाँ खर्च गरेका छन्। जस अनुसार एउटा चुलोको उपभोक्ताले ३ सय रुपैया तिर्नुपर्छ।
मोरङको दक्षिण ग्रामीण भेगका महिलाहरु अझै पनि परम्परागत माटोको चुलो प्रयोग गर्छन्। त्यसलाई विस्थापित गर्न धनपालथान गाउँपालिकासहित कटहरी तथा जहदा गाउँपालिकाले पनि सुधारिएको चुलो वितरण गरेका छन्।