प्रहरीको प्रमुख काम शान्ति सुरक्षा गर्नु हो। शान्ति सुरक्षासँगै प्रहरी मानव सेवामा पनि जुटेको छ। काठमाडौं उपत्यकाभित्र मन्दिर, पाटी र सडकमै रात विताउदै आएका असहायलाई जाडोबाट बचाउन प्रहरीले उद्धार गरेर आश्रमसम्म पु-याउने कामलाई तीव्रता दिएको छ।
सडकमा वेवारिसे अवस्थामा बस्ने नागरिकको जीवन रक्षा गर्न प्रहरीले उपत्यकाभित्र अभियानकै रुपमा बृद्धबृद्धा र बालबालिकाको उद्धार गरेर आश्रमसम्म पु-याउदै आएको छ। राजधानीमा रहेका मानव सेवा आश्रमसँगको समन्वय गरेर प्रहरीले रातको समयमा सडकमा रहेका वेवारिसे र असहायलाई उद्धार गर्ने कार्यलाई तीन सातादेखि निरन्तरता दिएको छ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले असाहय नागरिकको जीवन रक्षा गर्नकालागि उद्धार गरेर आश्रम लैजाने अभियान सञ्चालन गरिएको बताए। उनले नेपाल भने–जाडोको समयमा मात्र होइन, यो अभियानलाई निरन्तरता दिएर सकेसम्म सडकलाई असहाय नागरिक विहीन वातावरण सृजना गछौ।’
काठमाडौं, ललितपुर र भक्तपुरमा तीन सातादेखि रातिको समयमा असहायको उद्धार गर्ने अभियान हुदै आएको छ। प्रमुख थापाले भने–उपत्यकाको तीन वटै जिल्लामा रातीको समयमा असहायको खोजी गर्दै उद्धार गरेर आश्रमसम्म पु-याएका छौं।
महानगरी प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौमा १ सय १७, भक्तपुरमा ३४ र ललितपुरमा ७ जना असहायको उद्धार गरिएको छ। प्रहरीले दुई महिनाको बालिकादेखि ९० बर्षको बृद्धाबृद्धासम्मलाई उद्धार गरेको छ।
उद्धार गरिएकालाई सधैको लागि बस्न पाउने गरी आश्रमले लिने गरेको बताउदै डिआईजी थापाले उद्धार गरिएका असहायको जीवन रक्षासँग बसोबासको दिगो व्यवस्थापन समेत भएको बताए। नेपाल समाचार पत्रमा खबर छ।