चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ। अस्पतालको करीब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको अत्यधुनिक कुरुवा घर बन्ने सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेले जानकारी दिए।
उक्त आयोजनाको चौँथो चरणअन्तर्गत छ करोडको लागतमा दुई वर्षभित्र सो भवन निर्माण गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग निर्माण सम्झौता गरिएको छ।
कुरुवा घरमा ५० श्यया रहनेछन्। कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ, सभाहलसमेत हुने उहाँले बताउनुभयो। अस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवा यत्रतत्र अलपत्र बस्दै आएका थिए।
छ सय श्ययाको उक्त अस्पतालमा दैनिक करीब एक हजार बिरामी स्वास्थ्य जाँच गराउन आउने गरेकामा ४५० बिरामी भर्ना हुने गरेको अस्पतालले जनाएको छ।