जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ।
क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी-८ का ७० वर्षीय शिवराम विकको आइतबार विहान मृत्यु भएकाे हाे। भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा विककाे मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो। ११ वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई २०७३ चैत १२ गते जेल चलान गरिएको थियो।