४० के.जी. चरेस सहित २ जना भारतीय नागरिकलाई प्रहरीले कपिलवस्तु नगरपालिका वडा न. १ बहादुरगंजजाने चौकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतीहारी जिल्लापुर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मदआलम रहेको प्रहरीले जनाएको छ ।
आज सांझजिल्लाप्रहरी कार्यालयमापत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ परेका २ जनालाई जिल्ला अदालतबाट ५ दिनकालागिथप अनुसन्धानगर्न म्यादथप गरी जिल्लाप्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरी नायबउपरीक्षक रवि रावलले बताए ।
पक्राउ परेका २ जना पछाडि हुन सक्ने अन्य संलग्न व्यक्तिहरुको बारेमा समेत सुक्ष्म अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।