मकवानपुरको कैलाश गाउँपालिका वडा नं ४ देउरालीबाट एकजनालाई हतियार र लागूऔषध चरेशसहित घरैबाट पक्राउ गरिएको छ ।
बिशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले स्थानीइ ३३ बर्षीय देवानसिं मोक्तानको घरमा खानतलासी गर्दा एकथान कटुवा पेस्तोल र २ किलोग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै चरेश बनाउनका लागि प्रयोग हुने धुलो पाउडर समेत बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय मनहरी तथा भार्ता प्रहरी चौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । लागूऔषध तथा हतियार घरमा भेटिएपछि मोक्तानलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मनहरीमा ल्याई आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले बताए ।