शिक्षा विकास निर्देशनालय प्रदेश २ ले शुक्रवार पनि विहान १० देखि ४ बजेसम्म अनिवार्य रुपमा विद्यालय सञ्चालन गर्न सामुदायिक विद्यालयहरुलाई पत्र पठाएको छ ।
विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न तोकिएको समयलाई पुर्ण सदुपयोग गरी थप समयमा समेत सिकाइ कार्य गर्नुपर्ने आवश्यक्ता भएकाले विद्यालयलार्य समुदायमा भएका विभिन्न क्षेत्रका प्रतिभा अनुभवी र विज्ञहरु समेतको सहयोग लिन निर्देशनालयले अनुरोध गरेको हो ।
शुक्रवार समेत विद्यार्थीको सहभागीतामा सहक्रियाकलापहरु सञ्चालन गर्न समाजिक विकास मन्त्रालय, प्रदेश २ का सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र कार्यन्वयनमा सहयोग, समन्वय र अनुगम गरिदिन निर्देशनालयले आग्रह गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले पाठ्यक्रममा विहान १० बजेदेखि वेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने पाठ्यभार भएपनि प्रदेशका केही विद्यालयको अनुगमन गर्दा विद्यालयमा कक्षा १०ः३० देखि मात्र पठनपाठन शुरु गर्ने गरेको भेटिएको पत्रमा उल्लेख गरेका छन् ।
‘विद्यालयमा विद्यार्थी पौने दशमा उपस्थित हुने, ९ : ४५ मा पहिलो घण्टी लगाई छरिएका विद्यार्थीलाई लाइनमा लाग्न जनाउ दिने, ९ : ५० घण्टी लगाई लाइनमा लगाई पिटी, राष्ट्रिय गीत गाउने, सूचना सम्प्रेशन गर्ने लगायतका कार्य सकि ठिक १० बजे कक्षामा शिक्षक र विद्यार्थी उपस्थित भइ शिक्षण शिकाइका कार्य शुरुवात गर्न अनुरोध छ ।’, पत्रमा भनिएको छ ।
यदि यसरी कक्षा थालनी गर्न सम्भव नभएमा सावा दश बजेसम्म अनिवार्य रुपमा कक्षाहरु शुरुवात गर्नेगरि समय व्यवस्थापन गर्न निर्देशनालयले अनुरोध गरेको छ । आफ्ना बालबालिकालाई पौने दश बजे विद्यालयमा पुग्नेगरि पठाइदिन र समय व्यवस्थापनमा सहयोग गरिदिन अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरुमा समेत निर्देशनालयले आग्रह गरेको छ ।